गठ्ठाघरको बैंकबाट पाँच लाख चोरी

मध्यपुर थिमि गठ्ठाघरमा रहेको राष्ट्रिय बाणिज्य बैंकमा चोरी भएको छ । शनिवार राती बैंकको मुख्य गेट भत्काएर पाँचलाख २३ हजार रुपैयाँ चोरी भएको प्रहरीले बताएको छ ।
बैंकको झ्याल ढोकाको र्ममत कार्य जारी रहेकाले सोही समयमा चोरी भएको हो । घटनाको अनुसन्धानका लागि बैंकका सुरक्षा गार्डहरु कुलबहादुर केसी र ओमबहादुर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।