१९ वर्षपछि सलचा प्याखं
सुनीता साखःकर्मी
भक्तपुर– २०५५ साल । मंसिरकोमहिना चिसिँदैथियो । सरकारलेघोषणा गरेको ‘भिजिट नेपाल’ अभियानका कारण राजधानी भने तात्दैथियो । मुलुकभरका विभिन्न क्षेत्रबाट नाचगानसहितको झा“की लिएर वसन्तपुर दरबार परिसर पुगे मध्यपुर थिमि नगरपालिका ५ पोबु टोलका केही लोक कलाकारहरू । उनीहरूले‘सलचा प्याखं’ (घोडा चढेर नाचिनेनाच) प्रस्तुत गरिरहँदा मान्छेहरूकोभीड लोभलाग्दो थियो । राजकुमारको श्रीपेच र पहिरनमा सजिएका कान्छा भासिमा पहिलोपटक हजारौंकोभीडमा प्रस्तुत भएका थिए । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म लगातार नाचिने यो नृत्य कान्छा भासिमाले १६ वर्षकोउमेरदेखि नाच्दै आएका थिए । वसन्तपुरको त्यो प्रस्तुतिपछि भने उनले नाच्न पाएनन् ।
१९ वर्षपछि आफ्नैटोलका पाँच जना नातिहरूले उनको यो सपना पूरा गर्नेभएका छन् । बुधबारदेखि योनाच फेरि सुरु भएको छ ।
के हो सलचा ?
लिच्छवी कालदेखि प्रचलनमा रहेको मानिने यो नाच ठिमी, पोबुका भासिमा समुदायले मात्रै नाच्दै आएका छन्। महाभारतमा कौरवहरूसँग जुवामा हारेपछि पाएको वनबास र गुप्तबास सकेर पाण्डवहरू वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसंगलाई यो नाचमा नाटकीय रूपमा प्रस्तुत गरिने यो लोक नृत्यका गुरु कान्छा भासिमाले बताए । उनका अनुसार गाईजात्राको भोलिपल्टदेखि चार दिन योनृत्य निकालिन्छ । ‘पोसाकको रंग अनुसार पाण्डवको दाजुभाइ वर्गीकरण गरिएको हुन्छ,’ उनले यो नृत्य बारे भने, ‘कृत्रिम घोडामा धनुष लिएर श्रीपेचसहित कालो वस्त्रमा युधिष्ठिर, रातोवस्त्रमा भीम, नीलोवस्त्रमा अर्जुन, पहेंलोवस्त्रमा नकुल र सेतोवस्त्रमा सहदेवको रूपमा कलाकारहरूले अभिनय गर्छन्।’
कान्छा जस्तै विकुमानलेपनि यो नाच १६ वर्षको उमेरदेखि नै नाच्दै आएका थिए । उनलाई नाच्नका लागि परिवारले पनि प्रोत्साहन गर्थे । ‘नाच्न हत्तपत्त कसैलेपाउँदैनथे। गुरुहरूले छानेर नाच्न लगाउनुहुन्थ्यो,’ उनले भने । उनका अनुसार घण्टाकर्णको भोलिपल्टदेखि नास द्यो(नृत्यनाथ देवता) लाई तानेर प्रतिस्थापना गरी गाईजात्राको बेलुकीसम्म यो नृत्यको तयारी गरिन्छ । यसपछि खिं, टा, झ्याली, पोङ्गालगायतका परम्परागत बाजा बजाएर गणेश, पशुपति, नृत्यनाथ, भगवती र भैरवकोगीत गाइन्छ । यिनै गीतमा पाण्डवको जीवन व्याख्या पनि समेटिएको हुन्छ ।
किन रोकियो?
‘भिजिट नेपाल’ कोझाँकीमा डिकेश, कान्छा, वीरेन्द्र, विकास, प्रेम भासिमा नाचेका थिए । बिकुमानलगायत सबैलाई गुरुहरू अष्टमान र राजकुमार भासिमाले सिकाएका थिए । गुरुहरूकै नेतृत्वमा हरेक वर्ष नाच निकालिन्थ्यो। दुर्भाग्य, सोही वर्ष गुरुहरूको निधन भयो। ‘बूढा हुँदासम्म पनि गुरुहरूले नै नेतृत्व गरिरहनुभएको थियो,’ कान्छाले भने, ‘गुरु बित्नुभएपछि कसैले वास्तै गरेनन्। नयाँ पुस्ताहरू पनि सिक्छु भनेर कोही आएन ।’ तयारीका लागि पैसाको अभावले पनि नाच रोकिएको उनले खुलाए । ‘नाच्न जान्नेहरू पनि बिदेसिए,’ उनले भने, ‘पाँच जनाले नाच्ने भए पनि गीत गाउने, बाजा बजाउने, बत्ती बोक्ने, व्यवस्था मिलाउनेगरी पचास साठी जना चाहिन्छ । सरकारले पनि सहयोग गरेन ।’
अहिले सलचा प्याखं व्यवस्थापन कमिटी बनाएरै उनीहरू लागेका छन् । नाच सिकाउँदादेखि अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अनुमान छ । ‘प्रत्येक परिवारबाट रकम उठाएका छौं,’ कमिटीका श्रीकृष्ण भासिमाले भने, ‘नगरपालिकालेपनि दिन्छु भनेको थियो तर अहिलेसम्म दिएकोछैन ।’ यसरी फेरि सुरु गरियो नाच्न छोडेपछि भासिमा टोलका मानिस बालकुमारी, दुई पोखरी, चपाचो, भुलाङखेललगायत ठाउँमा पुगेर गाईजात्रा हेर्थे । ‘त्यहाँ निकालिने महाकाली र भैरवको नाच देख्दा आफ्नोठाउँमा गर्न नपाउँदा मन भने अमिलो भएर आउँथ्यो,’ बिकुलाल भासिमाले भने, ‘हाम्रो आफ्नोपहिचान र गौरव नै मेटिएर जानेभएपछि हामी तातियौं ।’
त्यसपछि उनीहरूले कान्छा भासिमा अध्यक्ष रहेको ‘सिद्धिकाली भजन खलः’ मा नाचबारे छलफल चलाए । २१ जना तन्नेरी रहेको सलचा प्याखं व्यवस्थापन कमिटी नै बनाए । ‘पाँच जनालाई एक महिना बेलुकी दैनिक पाँच घण्टा प्रशिक्षण दिएपछि नाच्न सक्नेभयौं,’ कमिटीकै धनकाजी भासिमालेभने, ‘१९ वर्षपछि हाम्रोआफ्नैनाच निकाल्यौं ।’ यसका लागि नाच र गीतको जिम्मा बिकुलालले लिएका छन् भने बाजामा कान्छा, सुर्जमान, ब्रम्हकाजी, चन्द्रकृष्ण, हीराकाजी भासिमाले लिएका छन् । गीत गाउनेहरूमा ८४ वर्षे पृथ्वीमान भासिमादेखि श्रीकृष्ण, धनकाजी, चयन्द्र, रमेश, पूर्ण बहादुर, कृष्णलगायत छन् । यस वर्ष नाच्नका लागि निखिल, सुजेन, रौनिक, क्रिस र आयुष छानिएका छन् । उनीहरू ११ देखि १४ वर्षसम्मका छन् । गु्रपमा सबैभन्दा साना ११ वर्षका क्रिस कक्षा ६ मा पढ्छन् । उनलेनेवारी परम्परागत बाँसुरी बजाउनसमेत सिकेका छन्।
(तश्विर रविन भासिमां)