ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई उठबस

ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई उठबस

ट्राफिक नियम उल्लंघन गर्दै तोकिएको स्थान भन्दा बाहिर गई यात्रु चढाउने र ओराल्ने बसका चालक र सहचालकमाथि मध्यपुर थिमिबासीले कारवाही सुरु गरेका छन् । ट्राफिक व्यबस्थापनमा मेरो सहयोग कार्यक्रम अन्तर्गत स्थानियले यो कार्य थालेका हुन् ।

ट्राफिक अनुशासन उल्लंघन गर्ने केही चालक र सहचालकलाई स्थानियले मध्यपुर थिमि नगरपालिका वडा नं ६ स्थित बहाखा बजारमा बिहीवार कान समातेर उठबस गराए । यसबाट यात्रु बसका चालक सहचालक अनुशासननमा राख्न र दुर्घटना कम गराउन सहयोग हुने विश्वास लिइएको छ ।